Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दश दिनमै ३१ हजार रुपैयाँले महँगियो सुन, दुवै धातुको मूल्यमा एकपछि अर्को रेकर्ड

दश दिनमै ३१ हजार रुपैयाँले महँगियो सुन, दुवै धातुको मूल्यमा एकपछि अर्को रेकर्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड कायम राख्ने क्रमले निरन्तरता पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको रेकर्ड २४ घण्टामै पुनः तोडिएको छ । आज सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको रेकर्ड मूल्य भन्दा प्रतितोला तीन सय रूपैयाँले बढी हो। १० कारोबार दिनको अन्तरालमा नेपाली बजारमा सुन प्रतितोला ३१ हजार दुई सय रुपैयाँले महँगिएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै महँगो बनेको छ । सोमबार एक तोला चाँदी ६ हजार सात सय ६५ रूपैयाँमा कारोबार भएकोमा आज ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ बढी हो ।

अनिश्चितताको समयमा सुरक्षित सम्पत्ति मानिने सुन सन् २०२६ को सुरुवाती समयमै अन्तर्राष्ट्रिय बजारमै १५ प्रतिशत बढीले मूल्य वृद्धि भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारलाई अस्थिर बनाउने गरी चालेका आन्तरिक र आर्थिक, व्यापारिक कदमहरूका कारण सुनको मूल्यमा निरन्तर वृद्धि भैरहेको छ। फेडरल रिजर्भका अध्यक्ष जेरोम पावल विरुद्धको फौजदारी अनुसन्धान चलाउनु, कमजोर अमेरिकी डलर अपेक्षाभन्दा उच्च मुद्रास्फीति हुनु लगायतका कारणहरुले अन्तर्राष्ट्रिय बजारमा निरनतर रुपमा सुनको मूल्य बढिरहेको छ। अहिले धेरैले सुनमा लगानी सुरक्षित ठानिरहेका छन् । त्यसको प्रभाव अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि परेको आर्थिक विश्लेषकहरु बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit