Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खाली कुर्सी, चर्को नारा र रमिते बनेको संसद बैठक (फोटो फिचर)

खाली कुर्सी, चर्को नारा र रमिते बनेको संसद बैठक (फोटो फिचर)
विज्ञापन
Advertisement

काठमाडौं । विरोध र नाराबाजीकाबिच आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भएको छ। प्रतिनिधि सभामा आइतबार बजेटमाथिको सामान्य छलफल सुरु हुँदा विपक्षीहरुको विरोध कायमै थियो । बजेट माथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरए।

विज्ञापन
Advertisement
Advertisement

असहज वातावरणमै सभामुखले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएपछि बजेटबारे छलफल सुरु भयो ।

सत्तापक्षले प्रतिपक्षलाई पेलेर जाँदा संसदमा छलफलमा सहभागी कतिपय सांसदहरुले विरोध र नारावाजीकाबीच सदन अघि बढाउनु उचित नहुने बताएका थिए ।

नाराबाजीबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीले नियमापत्ति गर्यो । नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले यो विषयमा सभामुखको ध्यानाकर्षण गराए । यस्तै, आकस्मिक समयमा सभामुखबाट समय पाएका सांसद अमरेश कुमार सिंहले नाराबाजीको बीचमा आफू बोल्न नसक्ने बताए । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए । प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दलले सदनमा विरोधमा गरिरहँदा सभामुख घिमिरेको भूमिका टटस्थ नभएको भन्दै सभामुखलाई भने, ‘पहिला पनि संसद्मा नाराबाजी हुन्थ्यो, संसद् चल्थ्यो । विगतमा छोटो समयका लागि हुन्थ्यो । तर, आज एउटा नयाँ रेकर्ड कायम भयो । यसको लागि म शुभकामना दिन चाहन्छु।’

संसद्को वातावरण शान्त र सहज बनाउन उनको सभामुखलाई आग्रह थियो । सभामुखले विषय केन्द्रित भएर भनाइ राख्न साहलाई भनेपछि दुईबीच सवालजवाफ भएको थियो । ‘मलाई बोल्ने वातावरण दिनुस्, सभामुख महोदय । म बजेटमा बोल्न चाहन्छु । बजेटमा छलफल गर्न चाहन्छु । देशको बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो? साहले भनेका थिए ।

राप्रपाका सांसदहरु पनि बैठकबाटै बाहिरिएपछि प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली देखिए । प्रतिपक्षको बेन्चमात्र होइन सत्तापक्षकै सांसदहरुको पनि सहभागीता न्यून थियो । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा सदनमा अधिकांश कुर्सी खाली देखिएका छन् ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit