Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना, प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुने

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना, प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना ल्याइएको हो । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुनेछ र बीमितले ५ लाखदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यो योजनाबाट लाभ लिन सक्नेछन्।

सुपर टर्म लाइफ इन्स्योरेन्सु अन्तर्गत बीमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ।  यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा पनि परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु रहेकोले विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि उपयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको विश्वास छ।

ग्राहकले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्ने र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit