Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको चौधरीको साथबाट ६५ तोला सुन बरामद

प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको चौधरीको साथबाट ६५ तोला सुन बरामद
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मंगलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो। निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।

उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो। अभियुक्तको खुट्टामा गोली लागेको छ। हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सो क्रममा एक जना प्रहरी पनि घाइते भएको वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।

काठमाडौंका विभिन्न स्थानमा भएका चोरीका घटनामा चौधरीको संलग्नता देखिएपछि प्रहरीले उनको खोजी अघि बढाएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit