images images images
images images images
images
images
images

चार वर्षीया बालिका मृत्यु प्रकरणमा हामी गम्भीर छौं : रास्वपा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ। चुनावी अभियानका क्रममा रास्वपा उम्मेदवारले प्रयोग गरेको कारको ठक्करबाट रौतहटमा बिहीबार ४ वर्षीया बालिकाको ज्यान गएको थियो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने सवारीको ठक्करबाट बालिका अल्फा खातुनको मृत्यु भएको घटनाप्रति पार्टी मर्माहत भएको बताएका छन् । ‘चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट एक नाबालिकाको असामयिक निधन भएको खबरले पार्टी अत्यन्तै दुखित छ ।’

images
images

महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया अघि बढाउन र पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक पहल गर्ने बताएका छन्। जारी विज्ञप्तिमा भनिएको छ ‘पार्टीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छ।’ साथै, पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन पनि प्रयास भइरहेको उल्लेख छ ।

यस्तै, रास्वपाले आगामी दिनमा उम्मेदवार तथा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सवारी साधन सञ्चालन तथा प्रयोगका क्रममा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

घटना बिहीबार दिउँसो रौतहटको इशनाथ नगरपालिका–४, मठिया टोलमा भएको हो । रास्वपा उम्मेदवार शेख सगिरको नाममा रहेको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि घाइते बालिकालाई सोही गाडीमा गौर सिटी अस्पताल पुर्‍याएर चालक भागेका थिए । तर, प्रहरीले २७ वर्षीय चालक शेख मुस्ताखलाई बिहीबार नै नियन्त्रणमा लिएको थियो । दुर्घटना हुँदा आफू गाडिमा सवार नरहेको उम्मेदवार सगिरले बताएका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्