Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने
विज्ञापन
Advertisement

काठमाडौ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

म्यार्दी खोला हाइड्रोपावर कम्पन प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ ।

आयोजनाबाट वार्षिक रुमपा औसत एक सय ७३ दशमलव ४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको दुई सय २० केभी क्षमाको मनाङमा हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइनेछ ।

आयोजनाको कूल लागत रु तीन अर्ब ९० करोड ९७ लाख रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत रु १३ करोड तीन लाख रहनेछ ।

वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit