Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

आज तीन हजार रुपैयाँले सस्तियो सुन, तोलाको कति ?

आज तीन हजार रुपैयाँले सस्तियो सुन, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन महिनाको पहिलो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज सुनको मोल प्रतितोला तीन हजार रुपैयाँले सस्तिएको छ।

यस्तै, आज तोला चाँदीको भाउ पनि पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच ३४० रुपैयाँ निर्धारण भएको थियो । बिहीबारको कारोबार मूल्यको तुलनामा शुक्रबार चाँदी तोलामा ३४० रुपैयाँले घटेको छ।

यसअघि गत माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो।त्यसयता सुनको भाउ करिब ३६ हजार र चाँदी २५ सय रुपैयाँले सस्तिएको छ।

बिहीबार प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भएको सुन आज पाँच हजार ६५ डलरमा झरेको छ। यस्तै, त्यति नै परिमाणको चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit