Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बजारमा आज गोलभेँडा ४० देखि किबी ४६० रुपैयाँ प्रतिकिलो

बजारमा आज गोलभेँडा ४० देखि किबी ४६० रुपैयाँ प्रतिकिलो
विज्ञापन
Advertisement

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलवार) का लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार नेपाली तथा भारतीय उत्पादनसहितका विभिन्न तरकारी तथा फलफूलका थोक मूल्य निर्धारण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

तरकारीमा गोलभेँडाको मूल्य किसिमअनुसार फरक(फरक निर्धारण गरिएको छ। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, भारतीय ६० रुपैयाँ, सानो (लोकल) ५५ रुपैयाँ, टनेल उत्पादन ६५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५० रुपैयाँ तोकिएको छ।

आलु रातो नेपाली प्रतिकिलो ४० रुपैयाँ र भारतीय ३८ रुपैयाँमा तोकिएको छ भने भारतीय सुक्खा प्याजको मूल्य प्रतिकिलो ३८ रुपैयाँ कायम गरिएको छ। अन्य तरकारीमा गाजर (लोकल) ५० रुपैयाँ, तराईको गाजर ३० रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली ३० रुपैयाँ, भन्टा २५–३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएको छ।

मटरकोसा ९५ रुपैयाँ, घिउ सिमी ४० रुपैयाँ, राजमा र भटमास कोसा १०० रुपैयाँमा तोकिएको छ। तितो करेला, लौका, चिचिण्डो, घिरौंला, फर्सी, भिण्डी जस्ता तरकारीको मूल्य २० देखि ५० रुपैयाँसम्म छ।

सागसब्जीमा रायो साग ५० रुपैयाँ, पालुङ्गो ६०, चमसुर ८०, तोरी ६०, मेथी १००, जिरी साग ९०, पुदिना १७०, सौफको साग १००, पार्सले ४००, र सेलरी १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

ब्रोकाउली, चुकुन्दर र सजीवनको मूल्य प्रतिकिलो ७० देखि ९० रुपैयाँसम्म रहेको छ। च्याउको हकमा कन्य च्याउ १६०, डल्ले ३००, राजा च्याउ ३००, र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ।

फलफूलमा झोले स्याउ २५०, फूजी स्याउ ३००, केरा प्रति दर्जन १५०, कागती २४५, अनार र कालो अङ्गुर ३५०, हरियो अङ्गुर २००, तरबुजा ४०, जुनार तथा मौसम २००, रुख कटहर ८०, किबी ४६० र आभोकाडोको मूल्य ६३० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

यसैगरी, अदुवा १२०, खुर्सानी (सुकेको) ४२०, हरियो खुर्सानी (बुलेट रमाछे) २५–७०, अकबरे ३५०, भेडे खुर्सानी ५०, लसुन ९चाइनिज० ३००, नेपाली लसुन २००, धनिया ५०, र छ्यापी १५०–२०० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

माछामा पनि मूल्य निर्धारण गरिएको छ। रहू जातको माछा प्रतिकिलो ३२०, बचुवा २६०, छडी २४० रुपैयाँ तोकिएको छ।

कालीमाटी बजार विकास समितिका अनुसार मूल्य निर्धारण बजारमा उपलब्धता, आयात, उत्पादन र मागको आधारमा दैनिकरूपमा तय गरिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit