Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

मुक्तिनाथ विकास बैंकद्वारा २६ थान व्हीलचेयर हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा २६ थान व्हीलचेयर हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा सहयोग पु¥याउने उद्देश्यले आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा स्थानीय तहमार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको हो। जसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका–स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, मोरङको रंगेली अस्पताललाई १० थान र रुपन्देहीको ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालयमार्फत ३ थान व्हीलचेयर हस्तान्तरण गरिएको जनाएको छ । यस सहयोगले आवश्यक असक्त नागरिकलाई सहजता प्रदान गर्ने बैंकको अपेक्षा छ ।

त्यसैगरी, बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३–सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर तथा सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

बैंकका प्रमुख सूचना अधिकारी गुरुङका अनुसार बैंकले सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit