Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालनमा

कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालनमा
विज्ञापन
Advertisement

मोरङ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार उपस्थिति विस्तार गरेको छ। कम्पनीले मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा नयाँ शोरूम असार २५ बाट सञ्चालनमा ल्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोली सहभागि थिए। उक्त नयाँ शोरूममा स्थानीय ग्राहक, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूका लागि आधुनिक वाल, फ्लोर र बाथवेयरसम्बन्धी विभिन्न अन्तर्राष्ट्रियस्तरका उत्पादनहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहक–मैत्री डिजाइनमा तयार गरिएको शोरूममा कजारियाका विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङ प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आफ्ना घर तथा व्यावसायिक परियोजनाका लागि उपयुक्त डिजाइन छनोट गर्न सहज हुने अपेक्षा कम्पनीको छ ।

उद्घाटन अवसरमा कजारिया रमेश टायल्सका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको साझेदारीले मोरङ तथा आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरका टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान गर्ने बताए ।कम्पनीका अनुसार नयाँ शोरूम सञ्चालनसँगै पूर्वी नेपालका ग्राहकहरूले कजारियाका नवीनतम कलेक्सन, आधुनिक डिजाइन र गुणस्तरीय टायल्स एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।

कञ्चनबारीस्थित उक्त शोरूम सर्वसाधारणका लागि खुला भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit