Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

मुक्तिनाथ विकास बैंकद्वारा लुम्बिनी प्रदेश रेडक्रसलाई तीन जैविक सूक्ष्मदर्शी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा लुम्बिनी प्रदेश रेडक्रसलाई तीन जैविक सूक्ष्मदर्शी हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सञ्चालन भइरहेको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्न रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको जनाएको हो।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हस्तान्तरण गरिएका जैविक सूक्ष्मदर्शीले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुर्‍याउनेछन्। साथै, रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन समेत यी उपकरणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा बैंकको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण तथा जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit