Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नाइमाले भौतिक मन्त्रालयमा बुझायोट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा आफ्ना सुझाव

नाइमाले भौतिक मन्त्रालयमा बुझायोट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा आफ्ना सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नाइमाले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सी सेवा मापदण्ड, २०८१’ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको उल्लेख गर्दै, सो मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएको जनाएको छ।

ती मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन नभएको नाइमाको धारणा छ।

हाल बागमती प्रदेश मा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था रहेको उल्लेख गर्दै नाइमाले राष्ट्रिय मापदण्डअनुसार अन्य उपयुक्त सवारी साधनलाई पनि अनुमति दिनुपर्नेमा जोड दिएको छ। सिडान बाहेकका यात्रुमैत्री, बढी सामान राख्न मिल्ने तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको संघको भनाइ छ।

नाइमाले मापदण्डमा तोकिएका सबै प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी शर्तहरू पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति दिइएमा सेवा प्रदायकलाई आवश्यकताअनुसार लचकता प्राप्त हुने, यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने उल्लेख गरेको छ।

पत्रमा विश्वका विभिन्न देशहरूमा फरक–फरक आकार र वर्गका सवारी साधनमार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्पहरू सीमित रहेको औंल्याइएको छ।

केही अन्य सहरहरूमा फरक वर्गका सवारी साधनलाई अनुमति दिइएको भए पनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको दाबी छ।

यस सन्दर्भमा, साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा राष्ट्रिय मापदण्डमा उल्लेखित सबै विशिष्टिकरणहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गर्नु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।

मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति सम्मान व्यक्त गर्दै नाइमाले आफ्ना सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ।

सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पनि संघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit