Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

लागुऔषध ओसारपसारः माघ महिनामा ९९ जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता, आठ करोड बढी मागदाबी

लागुऔषध ओसारपसारः माघ महिनामा ९९ जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता, आठ करोड बढी मागदाबी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीले गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत माघ महिनामा काठमाडौंका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुविरुद्ध ६५ मुद्दा दर्ता भएको छ। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीरुबाट खैरो हेरोइनमात्रै ५५.१८ ग्राम बरामद गरेको जानकारी दिए । यस्तै लागुऔषध ट्रमाडोल २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ।

यसैगरी, गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ। यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आात्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन्। आात्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।

अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ। ती मुद्दाहहरुमा आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit