Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

बालकोटबाट ३० हजार मत आउने अपेक्षा छ : महेश बस्नेत

बालकोटबाट ३० हजार मत आउने अपेक्षा छ : महेश बस्नेत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले चुनावी घरदैलो अभियान उत्साहपूर्ण रुपमा अघि बढिरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले तीन दिनदेखि अभियान निरन्तर जारी रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

उनले भने, ‘हामीले सुरु गरेको घरदैलो अभियान उत्साहपूर्ण देखिएको छ। हामी जुन वडामा पुग्छौँ, त्यहीँका स्थानीय कार्यकर्तालाई परिचालन गरेका छौँ। अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन।’

बस्नेतले विगतमा बालकोट क्षेत्र एमालेका लागि कमजोर मानिने गरेको उल्लेख गर्दै पछिल्लो समय विकास निर्माणका कामले पार्टीको प्रभाव बढेको दाबी गरे। ‘पहिले कमजोर ठानिएको क्षेत्रमा अहिले राम्रो उपस्थिति देखिएको छ। यसले निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत दिएको छ,’ उनले भने।

मतदानको आँकडा प्रस्तुत गर्दै उनले क्षेत्र नम्बर २ मा ९८ हजारभन्दा बढी मतदाता रहेको बताए। ‘करिब ७० प्रतिशत मतदान हुने अनुमान छ। त्यसमा हामीले ४१ देखि ५० प्रतिशत मत प्राप्त गर्ने लक्ष्य लिएका छौँ। कम्तीमा ३० हजार मत आउने हाम्रो अपेक्षा छ,’ बस्नेतले बताए।

घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो । एमालेले निर्वाचन नजिकिँदै जाँदा मतदाता भेटघाट, विकासका योजना सार्वजनिक गर्ने र प्रचार अभियानलाई अझ तिव्र बनाउने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit