Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
विज्ञापन
Advertisement

लिस्बन। नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुग्नुभएको छ । यहाँस्थित नेपालको राजदूतावासका अनुसार द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै नवस्थापित नेपाली दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ ।

यहाँ रहँदा परराष्ट्र सचिवले नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल पनि गर्नुहुनेछ । हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपालीको बसोबास छ ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा दूतावासका अन्य अधिकारी रहने छन् । प्रतिनिधिमण्डल आगामी आइतबार स्वदेश फर्कने छ । सन् २०१८ मा नेपाल–पोर्चुगल परामर्श संयन्त्र स्थापना भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit