Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ कायम छ। अघिल्लो कारोबार दिन (बिहीबार) पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार एक तोला सुन तीन लाख ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । बिहीबार एक तोला चाँदी पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएकामा आज उपभोक्ताले पाँच हजार ५० रुपैयाँमै चाँदी खरिद गर्न पाउनेछन् । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँ कम हो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । हिजो सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit