images images images
images images images
images
images
images

निर्माणाधिन संसद भवन चैत १ भित्र हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन

images

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले निर्माणाधीन संघीय संसद् भवनको काम आउँदो चैत १ गतेभित्र सकाएर हस्तान्तरण गर्न निर्देशन दिएका छन्।

शुक्रबार निर्माणाधिन संसद भवनको पछिल्लो प्रगतिबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सकाउन निर्माण पक्षलाई निर्देशन दिएका हुन् ।

images
images

अनुगमनका क्रममा उनले कामको गतिप्रति असन्तुष्टि व्यक्त गरे ।उनले भने, ‘यो कामको गति हेर्दा चाँडै निर्माण सम्पन्न हुन्छ नै जस्तो लागेको छैन । चैत्र १ गते जसरी पनि हस्तान्तरण गर्नुपर्छ भनेर निर्देशन दिएको थिएँ , तर कामको गति हेर्दा अझै पनि सहज रुपमा काम पूरा हुने अवस्था देखिएको छैन’ उनले भने ।

सहरी विकासमन्त्री कुमार इङनामले आगामी चैत १ गते कम्तीमा पनि प्रतिनिधिसभा, सेन्टर लबी र चमेना गृह हस्तान्तरण गर्ने हिसाबले प्रतिबद्धताका साथ काम भइरहेको जानकारी दिए । त्यसका लागि निर्माण पक्ष प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले भने,‘उहाँहरु तोकिएको मितिमै काम सम्पन्न गर्न प्रतिबद्ध हुनुहुनछ, अर्को अप्सन पनि छैन् ।’

यस्तै, मन्त्री इङनामले अहिले भवनको आन्तरिक ‘फिनिसिङ’ र सभाहलमा जडान गर्नुपर्ने केही उपकरण चाइना र भारतबाट ल्याउनुपर्ने जानकारी दिए ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्