Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, दुई दिनमै सुन तोलामा ८८ सयले महँगियो

सुनचाँदीको मूल्य बढ्यो, दुई दिनमै सुन तोलामा ८८ सयले महँगियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार एक तोला सुन तीन लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

साताको दोस्रो कारोबार दिनमै सुनको भाउ आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी आठ हजार आठ सय रूपैयाँले महँगिएको छ । यसअघि गत माघ १५ गते सुन तोलामा तीन लाख ३९ हजार तीन सय र चाँदी पनि ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो। त्यसयता मूल्य घटेर फागुनमा तीन लाख २ हजार रुपैयाँमा झरेको सुन पुनः बढेर तीन लाख १३ हजार नाघेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन तोलामा पाँच हजार चार सय २५ रूपैयाँमा खरिबिक्री भएको चाँदी सोमबार पाँच हजार पाँच सय ९५ रूपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit