काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुप र भारतको ‘रिच्स इन्डिया’ बीच नेपालमा फुड सर्भिलाई थप सहज र प्रभावकारी बनाउन समझदारी भएको छ ।
यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्राउन विशेष रणनीतिक भूमिका खेल्ने कम्पनीको भनाइ छ।
‘रिच्स’ को विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको सही प्रयोगबारे नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई जानकारी गराई विश्वव्यापी नयाँ ट्रेन्डहरू भित्र्याउन, खानाको स्वाद र गुणस्तरमा एकरूपता ल्याउन तथा आफ्नो मेनुलाई अझै उत्कृष्ट र नयाँपन दिनु नै दुई बीचको सहकार्यको मुख्य उद्देश्य रहेको बताइएको छ । यसलाई पद्म ज्योति ग्रुपले आफ्नो मजबुत पूर्वाधार, स्थापित वितरण सञ्जाल र नेपाली बजारको गहिरो बुझाइलाई पूर्ण रूपमा उपयोग गर्ने उल्लेख छ । यो सहकार्यले आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रलाई उच्च गुणस्तरका उत्पादनहरू मात्र नभई प्राविधिक मार्गदर्शन, लाइभ डेमोस्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र निरन्तर सहयोगसमेत प्रदान गर्नेछ। यसले ग्राहक र साझेदारहरूका लागि दीर्घकालीन मूल्य र प्रतिफल सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

रिच्स इन्डिया, मध्यपूर्व र टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले दुई बीचको सहकार्यले नेपालमा विकसित हुँदै गइरहेको फुडसर्भिस क्षेत्रको निरन्तर प्रगतिमा अर्थपूर्ण भूमिका खेल्ने बताए । उनले भने,‘‘रिच्स’ को विश्वव्यापी पाककला क्षमता र पद्म ज्योति ग्रुपको बजारसम्बन्धी गहिरो बुझाइ एवं बलियो कार्यक्षमताको तालमेलबाट हामी नेपालका सेफ, बेकर र फुडसर्भिस प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव र नवीनतम खाद्य समाधान प्रदान गर्ने लक्ष्य राख्दछौं। यो साझेदारीले सिर्जनशीलतालाई प्रेरित गर्न, गुणस्तरमा एकरूपता ल्याउन र नेपालको विकसित हुँदै गइरहेको फुडसर्भिस क्षेत्रको निरन्तर प्रगतिमा अर्थपूर्ण भूमिका खेल्नेछ ।’

पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको यो विस्तारित सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिन तथा देशैभर उत्कृष्ट उत्पादन, गहिरो प्राविधिक ज्ञान र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्दै एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीको विश्वास छ ।















प्रतिक्रिया दिनुहोस्