Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोेला सुन तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि उकालो लागेको छ। हिजो प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार सात सय २५ रूपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ । उक्त मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit