Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बैंकिङ प्रणालीमा तरलता बढ्दा एकैदिन एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता बढ्दा एकैदिन एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ खर्ब १० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि केन्द्रीय बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

उक्त रकमको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

अहिले कुल निक्षेप ७७ खर्ब नाघेको छ । खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत आवश्यकताअनुसार छोटो र लामो अवधिका लागि तरलता खिच्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit