Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बन्दै, सूर्यज्योतिद्वारा २५ प्रतिशत लगानी सम्झौता

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बन्दै, सूर्यज्योतिद्वारा २५ प्रतिशत लगानी सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढीस्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत लगानी गर्ने भएको छ । उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह आइएचजी होटल्स एन्ड रिसोर्ट अन्तर्गतको हो । ‘होलिडे इन धनगढी’ सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय स्तरको पहिलो पाँचतारे होटल हुने बताइएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्लव चौलानीका अध्यक्ष डा.राजेन्द्र के.सी. ले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने,‘पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा धनगढी तीव्र रूपमा विकास हुँदै गइरहेको सहर हो। यहाँ अन्तर्राष्ट्रिय स्तरको ब्रान्डेड आतिथ्य सेवाको ठूलो सम्भावना छ।’

होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्। यस्तै, उक्त होटलमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड होटलको उपस्थितिले धनगढी क्षेत्रमा बढ्दो व्यवसायिक तथा पर्यटन मागलाई सम्बोधन गर्दै अन्तरास्ट्रिय स्तरको आतिथ्य सत्कार प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लगानीकर्ताले गरेका छन।‘नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई दृष्टिगत गर्दै दीर्घकालीन लाभ, स्थिर प्रतिफल, तथा सुदूरपश्चिम क्षेत्रकै पर्यटन पूर्वाधारको विकासमा योगदान गर्ने उद्देश्यले यस परियोजनामा लगानी गरिएको हो ’ सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भने ।

उनका अनुसार होटेल सञ्चालनमा आएपछि पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit