सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका मध्य रातिदेखि बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज (फागुन १७ गते) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य गतिविधिमा पूर्ण निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति–सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी र जाँच बढाइनेछ ।















प्रतिक्रिया दिनुहोस्