Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा
विज्ञापन
Advertisement

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएपछि उक्त वस्तुलाई सुरक्षित तवरले निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ भने सर्वसाधारणलाई उक्त स्थान नजिक नजान आग्रह गरेको छ। उक्त वस्तु वास्तवमै बम हो वा भ्रम फैलाउन राखिएको हो भन्नेबारे सेनाको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डीएसपी बस्यालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit