Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दुई दिनमै ११ हजार दुई सय रुपैयाँले महँगियो सुन, तोलाको कतिमा हुँदैछ कारोबार ?

दुई दिनमै ११ हजार दुई सय रुपैयाँले महँगियो सुन, तोलाको कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार एकैदिन सुनको मूल्य पाँच हजार ६०० रुपैयाँले बढेको छ । हिजो पनि सुन तोलामा ५६ सय रुपैयाँले नै वृद्धि भएको थियो । यो सँगै दुई कारोबार दिनमै सुनको भाउ ११ हजार दुई सय रुपैयाँले महँगिएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा र बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार ४०० मा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मोल पनि वृद्धि भएको छ। महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले ६ हजार २० रुपैयाँ खर्चिनुपर्ने छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

यसअघि माघ १५ गते सुनचाँदीको भाउ उच्च विन्दुमा पुग्दा रेकर्ड मूल्यमा कारोबार भएको थियो । त्यसयता तीन लाख ३९ हजार ३०० रुपैयाँबाट तीन लाख दुई हजारमा झरेको सुनको मूल्य पुनः बढेर आज तीन लाख २६ हजार रुपैयाँ नाघेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit