Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सूर्यज्योति लाइफले पाँचतारे होटेल होलिडे इनमा २५ प्रतिशत लगानी गर्ने

सूर्यज्योति लाइफले पाँचतारे होटेल होलिडे इनमा २५ प्रतिशत लगानी गर्ने
विज्ञापन
Advertisement

काठमाडाैं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित क्लब चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त परियोजना अन्तर्राष्ट्रिय होटेल समूह आइएचजी होटेल एन्ड रिसोर्टअन्तर्गतको होलिडे इन धनगढी ब्रान्डमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रियस्तरको पहिलो पाँचतारे होटेल हुने बताइएको छ ।

क्लब चौलानीका अध्यक्ष डा। राजेन्द्र केसीले सहकार्यप्रति खुसी व्यक्त गर्दै भने, ‘हामी धनगढीमा होलिडे इन ब्रान्ड ल्याउन आइएचजी होटेल एन्ड रिसोर्टसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ ।’

होटेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रिमियम स्विइटसहित एक सय १५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् । प्रमुख सुविधामा करिब १८ हजार पाँच सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, सात सयजनासम्म अट्ने भव्य बेंक्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेस्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्ष तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् ।

अन्तर्राष्ट्रिय ब्रान्ड होटेलको उपस्थितिले धनगढी क्षेत्रमा बढ्दो व्यावसायिक तथा पर्यटन मागलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रियस्तरको आतिथ्य सत्कार प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

‘नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई दृष्टिगत गर्दै दीर्घकालीन लाभ, स्थिर प्रतिफल तथा सुदूरपश्चिम क्षेत्रकै पर्यटन पूर्वाधारको विकासमा योगदान गर्ने उद्देश्यले यस परियोजनामा लगानी गरिएको हो,’ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit