Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

नेपाल बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम समाज डेन्टल हस्पिटल प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

हालै भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा बिरामी दर्ता तथा चेकअप शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। साथै अस्पतालका विभिन्न सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ओम समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार यस सहकार्यबाट ग्राहक तथा कर्मचारीले दन्त तथा मुखसम्बन्धी उच्चस्तरीय उपचार सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्न सक्नेछन्।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले आधुनिक बैंकिङ प्रविधि, ग्राहककेन्द्रित सेवा र युवा जनशक्तिमार्फत गुणस्तरीय सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit