काठमाडौं । एन आई सी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकले के.आई. सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई एक थान वाटर डिस्पेन्सर उपलब्ध गराएको हो। प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने बाबुआमा नभएका २१ जना सीमान्तकृत विद्यार्थीलाई आवासीय सुविधा पनि उपलब्ध गराइँदै आएको छ। असार १५ गते आयोजित कार्यक्रममा बैंकको दिपायल शाखाका प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए।
त्यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई बैंकले एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन हुने उक्त विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत छन्।
असार १६ गते आयोजित कार्यक्रममा बैंकको इएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल तथा बनेपा सर्कल प्रमुख अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.१२ का अध्यक्ष दिपेन्द्रप्रसाद नेपाल र प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए।
बैंकका अनुसार उपलब्ध गराइएको सहयोगले विद्यार्थीको पठनपाठनलाई थप सहज बनाउनुका साथै गुणस्तरीय शिक्षा र प्रविधिमा पहुँच विस्तार गर्न योगदान पुग्ने विश्वास लिइएको छ।















प्रतिक्रिया दिनुहोस्