Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा

डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार डिश मिडिया नेटवर्कका ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस तथा वेलनेससम्बन्धी सुविधा उपलब्ध गराइने छ । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकको जीवनशैलीलाई थप समृद्ध बनाउनुका साथै देशभर स्वास्थ्य तथा वेलनेससम्बन्धी विशेष सुविधा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, आधिकारिक डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। जसअन्तर्गत साउना, स्टिम तथा जाकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, छनोट गरिएका वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा खाना र पेय पदार्थ सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ।

कम्पनीका अनुसार छुट सुविधा प्राप्त गर्न ग्राहकले माइडिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय नम्बर प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर ट्रान्क्विलिटी स्पाका कुनै पनि शाखाबाट तुरुन्तै छुट लिन सकिने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका सूचना प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी खाता अधिकृत देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

डिशहोमका अनुसार भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि अभिवृद्धि र गुणस्तरीय जीवनशैली प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीतिक योजनाको हिस्सा हो। यस कार्यक्रममार्फत कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै ग्राहकलाई विशेष छुट, सुविधा र प्रिमियम अनुभव उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले आगामी महिनाहरूमा साझेदार सञ्जाललाई अझ विस्तार गर्दै ग्राहकका लागि थप विशेषाधिकार र जीवनशैलीसम्बन्धी सुविधा उपलब्ध गराउने योजना रहेको पनि जनाएको छ। दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउनुका साथै स्वस्थ, सहज र गुणस्तरीय जीवनशैली प्रवर्द्धन गर्न तथा दीर्घकालीन रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit