Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीमा नाकामा ५ सय रुपैयाँसम्मको किनमेलमा अब भन्सार नलाग्ने

सीमा नाकामा ५ सय रुपैयाँसम्मको किनमेलमा अब भन्सार नलाग्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले स्थलमार्ग हुँदै सीमा नाकाबाट आवतजावत गर्दा साथमा ल्याउन पाउने सामानको भन्सार छुटको सीमा बढाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै साविकको १ सय रुपैयाँको सीमालाई बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो । यसले नेपाल–भारत सीमा नाका वरपरका नागरिकलाई सहज बनाउने अपेक्षा गरिएको छ।

राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिहरूलाई हवाईमार्गबाट आवतजावत गर्ने सरहको अन्य भन्सार सुविधा भने दिइएको छैन । तर, सर्वसाधारणको दैनिक व्यवहारलाई सहज बनाउन ५ सय रुपैयाँसम्मको सहुलियत दिइएको हो । राजपत्रमा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ।’

 

विद्यार्थीहरूका लागि भने पहिलेकै सुविधालाई निरन्तरता दिइएको छ। अध्ययनका लागि भारत जाने वा आउने नेपाली विद्यार्थीले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटर (ल्यापटप) मध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्थालाई यथावत राखिएको छ ।

यसअघि जेठ १५, २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु भित्र्याउँदा भन्सार लाग्ने नियम ल्याइएको थियो ।

उक्त अव्यावहारिक नियम सरकारले कार्यान्वयन गर्न खोज्दा व्यापक आलोचना भएको थियो। सरकारले विगतमा पनि पटक–पटक सीमा नाकाको किनमेलमा कडाइ गर्न खोजे पनि व्यवहारिक कठिनाइ र जनस्तरको विरोधका कारण सफल हुन सकेको थिएन।

सरकारले नियम संशोधन गरेसँगै सीमा क्षेत्रका नेपाली व्यवसायी र सर्वसाधारणलाई राहत पुग्नेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit