Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एथर ‘रिज्टा S’ नेपालमा सार्वजनिक हुँदै, बुकिङ खुला

एथर ‘रिज्टा S’ नेपालमा सार्वजनिक हुँदै, बुकिङ खुला
विज्ञापन
Advertisement

काठमाडौं । वैद्य एनर्जीले ईभी ब्रान्ड एथर इनर्जीको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर एथर रिज्टा S (Ather Rizta S) आगामी मार्च २७ देखि देशभर सार्वजनिक गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको प्रिमियम मोडल ‘रिज्टा Z ’ लाई प्राप्त उत्साहजनक प्रतिक्रिया र बढ्दो पेट्रोल मूल्यको विकल्प खोजिरहेका ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘रिज्टा S ’ ल्याउन लागेको हो। यो मोडललाई विशेषगरी नेपाली परिवारहरूको दैनिक आवश्यकता, आराम र किफायती बजेटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ।

९९९ मै बुकिङ गर्ने अवसर
ग्राहकहरूले अब देशभरका एथर एक्सपिरियन्स सेन्टरहरू मार्फत मात्र ९९९ को प्रारम्भिक रकममा रिज्टा क् बुकिङ गर्न सक्नेछन्। कम्पनीका अनुसार यो रकम पूर्ण रूपमा फिर्ता योग्य रहनेछ। सुरुवाती बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभ समेत लिन पाउनेछन्।

मुख्य विशेषताहरू :

रेन्ज र गति: एक पटकको फुल चार्जमा १२३ किमी (IDC) सम्मको रेन्ज दिने यस स्कुटरको अधिकतम गति ८० किमीरघण्टा रहेको छ।

फास्ट चार्जिङ: मात्र १० मिनेटको चार्जमा १५ किमीसम्मको यात्रा गर्न सकिने सुविधा।

विशाल भण्डारण: पारिवारिक प्रयोगका लागि ३४ लिटरको अन्डरसीट स्टोरेज उपलब्ध छ।

स्मार्ट फिचरहरू : रिभर्स मोड, Auto Hold (उकालोमा रोकिने प्रविधि) र Park Assist  जस्ता आधुनिक सुविधाहरूले सहरको ट्राफिकमा यात्रा सहज बनाउँछ।

वारेन्टी : ब्याट्रीमा ५ वर्षसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वास प्रदान गर्छ।

वैद्य एनर्जीका अनुसार यो स्कुटर पेट्रोल स्कुटरको विकल्प खोजिरहेका र आधुनिक प्रविधिसँगै किफायती यात्रा गर्न चाहने नेपाली परिवारहरूको पहिलो रोजाइ बन्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit