Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकद्वारा नेपालको विकास यात्रा र नवप्रवर्तनमा केन्द्रित क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकद्वारा नेपालको विकास यात्रा र नवप्रवर्तनमा केन्द्रित क्यालेन्डर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो परम्परालाई निरन्तरता दिँदै आगामी नयाँ वर्ष २०८३ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले विगत लामो समयदेखि नेपालको धर्म, संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता सामग्रीहरू प्रकाशन गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ रहेको छ। यसमा उन्नाइसौँ शताब्दीको मध्यदेखि नेपालमा सुरु भएका विभिन्न विकासका चरणहरू र महादेशीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने नवप्रवर्तनका प्रयासहरूलाई तस्बिर र तथ्यमार्फत प्रस्तुत गरिएको बैंकले जनाएको छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले एक विशेष समारोहका बीच आज उक्त क्यालेन्डरको अनावरण गरे । कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू र उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

हाल एभरेष्ट बैंकले देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरूबाट आफ्ना १४ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit