काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह–संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आइतबार एउटै मञ्चमा देखिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा चारै जना शीर्ष नेता सहभागी भएका हुन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

(तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक)















प्रतिक्रिया दिनुहोस्