Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको सुधार, जलविद्यु कम्पनीमा झुम्मिए लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको सुधार, जलविद्यु कम्पनीमा झुम्मिए लगानीकर्ता
विज्ञापन
Advertisement

काठमाडाैं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा सुधार आएको छ ।सरकार देखि लगातार भारी अंकले घटेको बजारले आज त्राण पाएको हो । यो दिन नेप्से परिसूचक १९.७० अंकले बढेर दुई हजार ८५१.०९ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढ्दा कारोबार भने अघिल्लोको तुलनामा केही घटेको छ। यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३९ कम्पनीले दुई करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी हाइड्रो पावर कम्पनी,अपी पावर कम्पनी एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,एसवाई प्यानेल नेपाल, कुमारी बैंकको २५ करोड ९० लाख रुपैयाँदेखि ४८ करोड ४८ लाख रुपैयाँदेखि कारोबार भएको छ । यो दिन बढेको बजारमा रिलायन्स स्पेनिङमिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर,रिजलाइन इनर्जी, होटल फरेस्ट इनको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बढेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक,एनआईसी ब्यालेन्स फण्ड,रिडी पावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.८० देखि ८.९६ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ११ वटा समूहको सूचक बढेको छ भने म्यूचुअल फण्ड र अन्य समूहको सूचक घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit