images images images
images images images
images
images
images

युवा सोचसँगै मिडिया क्षेत्रमा नयाँ ऊर्जा: राज कार्की मिडिया ठाँटीको प्रवर्द्धक निर्देशक नियुक्त

images

काठमाडौँ । मिडिया ठाँटी प्रा. लि. ले आफ्नो संस्थागत संरचना सुदृढ बनाउने क्रममा युवा उद्यमी राज कार्कीलाई प्रवर्द्धक निर्देशक पदमा नियुक्त गरेको छ। यस निर्णयसँगै संस्थाले नयाँ दृष्टि, ऊर्जा र नविन सोचलाई प्राथमिकता दिएको संकेत गरेको छ।

राज कार्की व्यवसायिक रूपमा ‘सुट माला’ का सञ्चालक हुन् भने सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। परम्परागत सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित रहँदै उनले युवा पुस्तालाई उद्यमशीलतामा जोड्ने प्रयास गर्दै आएका छन्।

images
images

मिडिया ठाँटीद्वारा जारी विज्ञप्तिमा कार्कीको नेतृत्व क्षमताले संस्थालाई अझ प्रभावकारी, उत्तरदायी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, डिजिटल मिडिया क्षेत्रको विस्तार र गुणस्तरीय सामग्री निर्माणमा उनको योगदान महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

संस्थाले नयाँ नेतृत्वसँगै युवाहरूको सहभागिता वृद्धि, सामाजिक सचेतना अभिवृद्धि र रचनात्मक कार्यहरूलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने योजना बनाएको जनाएको छ।

राज कार्कीको नियुक्तिले विशेषगरी युवा वर्गमा सकारात्मक सन्देश प्रवाह गर्ने र नयाँ अवसरहरूको सिर्जना गर्ने विश्वास लिइएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्