Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सिद्धार्थ बैंकको सीईओमा कर्जा लगानी र जोखिम व्यवस्थापनमा लामो अनुभव संगालेका बस्याल नियुक्त

सिद्धार्थ बैंकको सीईओमा कर्जा लगानी र जोखिम व्यवस्थापनमा लामो अनुभव संगालेका बस्याल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन्। गत मंसिर २६ गते तत्कालीन सीईओ सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्यालले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

बैंक सञ्चालक समितिको पुस २५ गतेको बैठकले सोही दिनदेखि लागू हुने गरी बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवि बस्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा कार्य गरिसकेका व्यक्ति हुन् । सन् १९८९ देखि २००५ सम्म उनले नबिल बैंकमा विभिन्न तहमा रहेर कार्यअनुभव बटुलेका छन् । यस्तै, सिद्धार्थ बैंकमा प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृतलगायतको नेतृत्वदायी भूमिकामा रहेर बस्यालले जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता एवं संस्थागत सुदृढीकरण थप मजबुत हुने विश्वास बैंकले लिएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit