Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फेरि बढ्यो इन्धनको मूल्य, लिटरको कति पुग्यो ?

फेरि बढ्यो इन्धनको मूल्य, लिटरको कति पुग्यो ?
विज्ञापन
Advertisement

 काठमाडाैं ।नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले जारी नयाँ मूल्य सूची अनुसार पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ मूल्य शुक्रबारबाट लागू भएको हुने छ। मूल्य समायोजनसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। अन्य वर्गहरूमा पनि सोही अनुपातमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले भारतीय आयल कर्पोरेशनबाट उच्च मूल्यमा खरिद गर्नुपरेको छ। सोही कारण मूल्य समायोजन गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

मूल्य वृद्धि नगरेको अवस्थामा निगमलाई मासिक करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। मूल्य समायोजनपछि पनि निगमलाई करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने देखिएको जनाइएको छ।

निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोषसमेत प्रयोग गरिएको भए पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण समायोजन अपरिहार्य भएको स्पष्ट पारेको छ। साथै, इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit