Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सन वे कलेजद्वारा रिसर्च एण्ड इन्क्युबेसन सेन्टर सार्वजनिक

सन वे कलेजद्वारा रिसर्च एण्ड इन्क्युबेसन सेन्टर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । सन वे कलेज काठमाडाैंले ‘रिसर्च एण्ड इन्क्युबेसन सेन्टर (RAIN)’ सार्वजनिक गरेको छ। उक्त केन्द्रमार्फत विद्यार्थीहरूलाई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामा सक्रिय बनाउन लक्ष्य राखिएको कलेजले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कलेजका अनुसार RAIN प्लेटफर्मले विद्यार्थीहरूलाई आफ्ना नयाँ विचारहरू विकास गर्न, अनुसन्धानमा संलग्न हुन र व्यावहारिक सीप अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ। यसले जिज्ञासा समाधानदेखि लिएर नवप्रवर्तनको अभ्याससम्मका अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा औद्योगिक उद्यम विकास संस्थान, आईडिआईका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता
उपस्थित थिए। उनले युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनको समर्थन तथा नीति–समर्थनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यस्ता पहलले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने बताए।

कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा व्यवसायलाई बजारमा सफलतापूर्वक स्थापित गर्ने उपायबारे विस्तृत चर्चा गरिएको थियो। प्यानलिस्टहरूले विद्यार्थीहरूलाई व्यावहारिक सीप,उद्यमशील सोच र अवसर पहिचानमा केन्द्रित हुन सुझाव दिएका थिए।

डोल्मा इम्प्याक्ट फन्डकाका लगानी विश्लेषक अकेन्द्र जोशीले विद्यार्थीलाई आईटी, फाइनान्सलगायत विभिन्न क्षेत्रमा इन्टर्नशिप गर्न, हरेक कामलाई उद्यमशील दृष्टिकोणबाट हेर्न र बहुआयामिक सोच विकास गर्न आग्रह गरे। उनले सबै क्षेत्रमा आधारभूत ज्ञान हासिल गर्नुपर्नेमा पनि जोड दिए।

त्यसैगरी, उद्यमी सुची गुप्ताले कुनै पनि कामलाई सानो वा ठूलो नठान्न, चुनौतीलाई सिकाइको अवसरका रूपमा लिन र आफ्नै विचारमा विश्वास राख्नुपर्ने धारणा राखिन्।

नेपाल खुल्ला विश्वविद्यालयका प्राध्यापक डा. भोजराज घिमिरेले कलेजभित्र उपलब्ध अवसरको अधिकतम उपयोग गर्न, व्यवसायिक सम्भावनालाई समात्न तयार रहन र सानो सुरुवातबाट क्रमशः अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै, मार्केटिङ तथा नैतिकताका प्राध्यापक कृष्ण खनालले प्रारम्भिक चरणमै अनावश्यक रूपमा ब्रान्डिङमा समय खर्च नगरी सिधै बजारमा प्रवेश गर्नुपर्ने सुझाव दिए। उनले टिकटक वा गुगल फर्मजस्ता डिजिटल प्लेटफर्ममार्फत व्यवसाय सुरु गर्न सकिने उल्लेख गर्दै अन्ततः आम्दानी र दिगोपनालाई प्राथमिकता दिनुपर्ने बताए।

कलेजले सार्वजनिक गरेको RAIN केन्द्रमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न, नयाँ इनोभेसन विकास गर्न र व्यवसायलाई बजारमा स्थापित गर्न आवश्यक मार्गदर्शन प्राप्त गर्ने विश्वास लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit