Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान कार्यक्रम सम्पन्न

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) को अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई सम्मान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मानपत्र प्रदान गरिएको हो।

पूर्व राष्ट्रपति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान  गरिएकाे थियो।

कार्यक्रममा नेपालकी प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा, शिक्षाविद् अगाथा थापा, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, एसएलसी बोर्ड प्रथम लुना भट्ट लगायतलाई सम्मान गरिएको थियो।

त्यसैगरी पर्यटन व्यवसायी श्रृजना राणा, उद्यमी श्याम बदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा, मिलन थापा, जया राज्य लक्ष्मी शाह, पूर्व मुख्यसचिव लिला देवी गड्तौला, अर्थशास्त्री डा। पुष्पा श्रेष्ठ, अभिनेत्री भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, सचिव बिन्द्रा हाडा, निजी क्षेत्रकी भवानी राणा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना लगायतलाई पनि सम्मान समर्पण गरिएको थियो।

यसैगरी ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ग्यावाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडीबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला लगायतलाई पनि विशेष रूपमा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको योगदानको समेत स्मरण गरिएको थियो। साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका दिवंगत व्यक्तित्वहरूलाई पनि मरणोपरान्त सम्मान अर्पण गरिएको थियो।

त्यसै अवसरमा हालै सम्पन्न निर्वाचनमार्फत संघीय संसदमा निर्वाचित लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई पनि बधाईसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति रामवरण यादवले देशका अग्रणी तथा पथप्रदर्शक महिलाहरूलाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको उल्लेख गर्दै उनीहरूको योगदानले नयाँ पुस्तालाई प्रेरणा दिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमले संस्थाको गरिमा उचो बनाउनुका साथै नेपाली महिलाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गरे ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अग्रणी महिलाहरूको योगदानको कदरस्वरूप कार्यक्रम आयोजना गरिएको बताउँदै महिला सशक्तीकरण र उद्यमशीलता विकासमा चेम्बर प्रतिबद्ध रहेको जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरूको तर्फबाट चाँदनी जोशीले यस्तो ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा नेपाल महिला चेम्बरप्रति आभार व्यक्त गरे ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले धन्यवाद ज्ञापन गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit