Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटलाई पूँजी बजार सुधारमुखी र लगानीमैत्री भएको भन्दै स्वागत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सागर ढकालले बजेटले नेपालको पूँजी बजारलाई नयाँ युगतर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उनले पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यम नभई राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरिएको उल्लेख गर्दै बजार सुधार, आधुनिक वित्तीय उपकरण र लगानीकर्ता संरक्षणलाई प्राथमिकतामा राखिनु सकारात्मक भएको बताएका हुन् ।

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ । अध्यक्ष ढकालले यस्ता व्यवस्थाले बजारमा तरलता बढाउने, संस्थागत लगानी आकर्षित गर्ने र पूँजी बजारलाई थप विश्वसनीय तथा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने सरकारी घोषणालाई उनले महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे । विश्वभर रहेका नेपालीको पूँजी र अनुभवलाई नेपाली पूँजी बजारमा भित्र्याउन सके बजारको आकार र स्थायित्व थप मजबुत हुने उनको भनाइ छ ।

त्यस्तै, सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको अन्योल हट्ने उनले बताए । इनसाइडर ट्रेडिङ र शेयर कर्नरिङविरुद्ध सरकारले लिएको शून्य सहनशीलताको नीतिले बजारमा पारदर्शिता र लगानीकर्ताको विश्वास अझ बढाउने उनको धारणा छ ।

अध्यक्ष ढकालले बजेट घोषणाको प्रभावकारी कार्यान्वयन नै अबको मुख्य चुनौती भएको उल्लेख गर्दै पूँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit