Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१४ जिल्लामा घरमै पुग्न थाले लाइसेन्स र पासपोर्ट, प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयसँग छलफल

१४ जिल्लामा घरमै पुग्न थाले लाइसेन्स र पासपोर्ट, प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयसँग छलफल
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्न लागेको पासपोर्ट वितरण सेवा १४ जिल्लामा हाल विस्तार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत हालसम्म १४ जिल्लाबाट घरदैलोमै राहदानी (पासपोर्ट) वितरण गरिरहेको जनाएको हो । हुलाक सेवा विभागका अनुसार अहिलेसम्म ३११ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ। राहदानी अन्र्तगत हाल गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायतका जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ। अन्य जिल्लाहरूमा पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त हुनासाथ वितरण गर्ने गरी ठेगाना संकलन कार्य भइरहेको विभागले जनाएको छ।

यसैगरी, सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण पनि भैरहेको छ । आज दिउँसो ३ बजेसम्म २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ। मोरङ र कास्की जिल्लाबाट यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्‍याउने कार्यसमेत सुरु गरिएको उल्लेख गर्दै विभागले अन्य विभिन्न क्षेत्रमा पनि काम अघि बढाएको उल्लेख गरेको छ ।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । विभागका अनुसार नेपाल टेलिकमसँग सिमकार्ड घरदैलोमा पुर्‍याउने विषयमा समेत प्राविधिक तयारी थालिएको र त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भैसकेको छ । राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन, महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल लगायतका काम समेत भैरहेको विभागले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit