Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नागढुङ्गा सुरुङ साउनदेखि सञ्चालनमा, बुटवल–पोखरा दु्रुतमार्ग बन्ने

नागढुङ्गा सुरुङ साउनदेखि सञ्चालनमा, बुटवल–पोखरा दु्रुतमार्ग बन्ने
विज्ञापन
Advertisement

गण्डकी । सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्डलाई दु्रुतमार्गका रूपमा निर्माण गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै उक्त सडकलाई स्तरोन्नति गरी दु्रुतमार्गमा रूपान्तरण गरिने जानकारी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ । यससँगै बुटवल–पोखरा सडक यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

बजेटमा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म चारलेन सडक निर्माणलाई तीव्रता दिइने उल्लेख गरिएको छ । यस्तै, मुग्लिङ–आँबुखैरेनी सडकखण्डको निर्माण कार्य पनि सुरु गरिने भएको छ ।

अर्थमन्त्री वाग्लेले नागढुङ्गा–मुग्लिङ खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने तथा नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने जानकारी दिए ।

यी सडक आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा ६ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit