Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुकुम्बासीका लागि आश्रय खोज्दै इचङ्गु पुगिन डंगोल, खाली ठाउँमा तारबार गर्न निर्देशन

सुकुम्बासीका लागि आश्रय खोज्दै इचङ्गु पुगिन डंगोल, खाली ठाउँमा तारबार गर्न निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएका सार्वजनिक जग्गाहरूको संरक्षण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

थापाथलीस्थित बागमती नदी किनारमा शनिबार खाली गराइएको क्षेत्रको स्थलगत निरीक्षण गर्दै डंगोलले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई उक्त निर्देशन दिएकी हुन् । उनले हाल खाली गरिएका र आगामी दिनमा खाली गरिने सबै स्थानहरूमा अनधिकृत प्रवेश रोक्नका लागि तत्काल तारबार लगाउन र सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

अधिकार सम्पन्न बागमती समितिसँग समन्वय

जग्गा संरक्षणका लागि महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायतका सरोकारवाला निकायहरूसँग समन्वय गर्ने भएको छ। सार्वजनिक निर्माण विभागमार्फत तत्काल तारबारको काम सुरु गरिने कार्यवाहक प्रमुखको सचिवालयले जनाएको छ।

इचङ्गुस्थित कोलोनीको निरीक्षण
सुकुम्बासी बस्ती हटाउने क्रमसँगै वास्तविक भूमिहीनहरूको व्यवस्थापनका लागि महानगरले विकल्प खोज्न थालेको छ। सोही क्रममाआइतबार डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीका भवनहरूको भौतिक अवस्था निरीक्षण गरेकी थिइन। नदी किनारबाट विस्थापित भएकामध्ये जो वास्तविक भूमिहीन हुन्, उनीहरूलाई यी भवनहरूमा राख्ने महानगरको योजना छ।

बस्ती हटाउने अभियान तीव्र
महानगरले वैशाख १२ गतेदेखि नदी किनारका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। पछिल्लो विवरण अनुसार थापाथली क्षेत्रमा वडा नं.११ अन्तर्गतका १३६ घरटहरा भत्काइएका छन्। यस्तै, सिनामंगल र जागृतिनगरमा वडा नं. ९ र ३१ अन्तर्गतका ६३८ घरधुरीमध्ये अधिकांश खाली गराइएको छ । मनोहरा क्षेत्रमा पनि आइतबार बिहानैदेखि काठमाडौं र मध्यपुर थिमि दुवैतर्फका अव्यवस्थित बस्ती हटाउन प्रशासनले ठूलो जनशक्ति र स्रोत साधन परिचालन गरेको थियो ।उक्त क्षेत्रमा सोमबार पनि अनधिकृत संरचना भत्काउने कार्यलाई महानगरले जारी राखेको छ ।

थापाथली र वंशीघाट क्षेत्रमा मात्र ३३२ घरटहरा रहेको तथ्याङ्क छ। महानगरले सूचना जारी गरेपछि धेरैजसोले आफैँ सामान सारेका थिए भने बाँकी रहेका संरचना डोजर लगाएर भत्काइएको छ।आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौं र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit