Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिजी रिलायन्सद्वारा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक

सिजी रिलायन्सद्वारा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । सिजी रिलायन्स बेभरेज प्रा.लि. ले नेपाली बजारमा नयाँ ऊर्जा पेय (इनर्जी ड्रिंक) ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ ल्याएको छ।यससँगै कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्जपछि आफ्नो पोर्टफोलियोमा अर्को एउटा इनर्जी ड्रिंक थपेको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्बोनेटेड सफ्ट ड्रिंकभन्दा बाहिर निस्किएर इनर्जी ड्रिंक श्रेणीमा आफ्नो उपस्थिति सुदृढ बनाउने लक्ष्यका साथ सिजी रिलायन्सले ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको जनाएको छ । कम्पनीले क्याम्पा इनर्जी गोल्ड बुस्टलाई विश्वस्तरीय गुणस्तर र उच्च प्रदर्शनलाई ध्यानमा राखेर तयार गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार २५० एमएल क्यानको मूल्य ८० रूपैयाँ तोकिएको छ।

यो उत्पादन मकवानपुरको मनहरीस्थित सिजीको अत्याधुनिक बोटलिङ प्लान्टमा उत्पादन गरिएको जनाइएको छ। सिजी रिलायन्सको बलियो वितरण सञ्जालका कारण क्याम्पा इनर्जी गोल्ड बुस्ट अहिले देशभरका प्रमुख सहरदेखि ग्रामीण क्षेत्रका खुद्रा आउटलेटहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit