Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

७.३०अर्ब रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले गर्यो प्रस्ताव आह्वान

७.३०अर्ब रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले गर्यो प्रस्ताव आह्वान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले उक्त रकम एक वर्षका लागि (३६६ दिन) लागि लगानी गर्न लागेको हो। बैंकले कुल लगानी योग्य रकमलाई क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा बाँडफाँट गर्ने जनाएको छ। केन्द्रीय बैंकका अनुसार क वर्गका वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख रुपैयाँ लगानीका लागि छुट्याएको छ ।

आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी २०८३ वैशाख २३ गते साँझ सात बजेभित्र इमेलमार्फत प्रस्ताव पेश गरिसक्नुपर्नेछ। सहभागी हुने संस्थाहरूले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

साथै, अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ । केन्द्रीय बैंकले सबैभन्दा बढी ब्याजदर प्रस्ताव गर्ने संस्थामा प्रस्तावित रकम लगानी गर्ने स्पष्ट गरेको छ। ब्याजदर प्रस्ताव गर्दा एक भन्दा बढी दर (बहुदर) उल्लेख गर्न पाइने छैन। मुद्दती निक्षेपमा त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउनु पर्नेछ । साथै, ब्याज वापतको रकम कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन बैंकको खाताबाट स्वतः असुल गरिने जनाइएको छ।

यदि खातामा पर्याप्त मौज्दात नभई साँवा–ब्याज असुल हुन नसकेमा सोही बराबरको थप ब्याज समेत तिर्नुपर्ने छ। नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गर्ने निर्णय नै यस लगानी सम्बन्धमा अन्तिम हुने उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit