काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६६ प्रतिशतले कम हो।
समीक्षा अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ। गत वर्ष ६.८९ रुपैयाँ रहेको ईपीएस अहिले ३.८१ रुपैयाँमा खुम्चिएको छ।
नाफा घटे पनि कम्पनीको व्यवसाय विस्तार (बीमाशुल्क संकलन) मा भने सुधार देखिएको छ । बीमाशुल्क आर्जनमा गत वर्षको तुलनामा ६.१८५ वृद्धि देखिएको छ । हाल कम्पनीको खुद बीमाशुल्क रकम १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ ६पुगेको छ ।
कम्पनीको अन्य वित्तीय सूचक विवरणमा चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँ रहेको छ । यसैगरी, कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी१ अर्ब ४२ करोड १८ लाख रहेको सार्वजनिक विवरणमा उल्लेख छ। कम्पनीको ‘अन्य इक्विटी’ शिर्षक गत वर्षको तुलनामा झन् बढी ऋणात्मक देखिएको छ। अघिल्लो वर्ष असार मसान्तमा १४ करोड ४३ लाख ऋणात्मक रहेको यो कोष अहिले झन् बढेर १ अर्ब ४२ करोड नाघेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको पछिल्लो नौ महिनामा व्यवसाय बढे पनि नाफा र प्रतिशेयर आम्दानीमा भने संकुचन देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्