Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वच्छ प्रशासनको नयाँ संकल्पः वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

स्वच्छ प्रशासनको नयाँ संकल्पः वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन वैशाख २८ गते बिहान ८ः३० बजे वीर अस्पताल बाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता को उपस्थितिमा हुने तय भएको छ। सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरकारी निकायहरूमा सरसफाइ मापदण्ड कार्यान्वयन गरिनेछ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको निष्कर्षसहित यो मार्गदर्शन तयार गरिएको सरकारको भनाइ छ। मार्गदर्शनमा सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिएको छ।

मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र तथा संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित राख्नुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत तथा रंगरोगन गरिनेछ भने मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै सबै शौचालयलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ भने दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त तथा सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउन निर्देशन दिइएको छ।

कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना तथा काम नलाग्ने सामग्रीहरूको उचित व्यवस्थापन गर्नुपर्नेछ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली तथा ढलहरू सफा राख्नुपर्ने व्यवस्था गरिएको छ। पार्किङ क्षेत्र सुधार गर्न तथा अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने सूचकसमेत समावेश गरिएको छ।

यस्तै कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्नेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको छ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्नेछ। साथै प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व(मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

यस अभियानको कार्यान्वयन तथा अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई दिइएको छ। उनीहरूले अभियानको नियमित अभिलेख राख्नुपर्नेछ।

सरकारका अनुसार ‘सरसफाइ सप्ताह २०८३’ अभियानले संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit