images images images images
images images images images
images
images
images

राष्ट्रिय गौरवको कोरला सडक आयोजनाले पायो बहुवर्षीय बजेट सुनिश्चितता

images

मुस्ताङ । मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक स्तरोन्नति तथा कालोपत्रका लागि सरकारले तीन अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ । नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पर्ने उक्त सडक योजनाका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि ठेक्का प्रक्रिया अघि बढ्ने भएको हो ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले गत सोमबार जारी गरेको पत्रअनुसार बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड–२ घमीसम्मको ४० दशमलव २० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रका लागि बहुवर्षीय स्रोत सहमति प्रदान गरिएको हो । राष्ट्रिय योजना आयोगको सिफारिस र मन्त्रिपरिषद्को अनुमोदनपछि उक्त बजेट सुनिश्चित गरिएको जनाइएको छ ।

images
images

यसअघि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले गत वैशाख ७ गते अर्थ मन्त्रालयसमक्ष उक्त सडक योजनाका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चित गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले अनुमोदन गर्दै राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति उपलब्ध गराएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार बहुवर्षीय स्रोत सहमतिसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८२ बमोजिम प्रचलित कानुनअनुसार खर्च गर्नेगरी मन्त्रिस्तरीय निर्णयबाट स्रोत सहमति सुनिश्चित गरिएको हो । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको उनले बताइन् ।

यसअघि सरकारले कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि बजेट विनियोजन गरिसकेको थियो । सोहीअनुसार गत असार २६ गते २६ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ ।

नेपाल–चीन जोड्ने कोरला नाका सडकलाई थप स्तरोन्नति तथा कालोपत्र गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा प्रारम्भिक वातावरणीय मूल्याङ्कनसमेत सम्पन्न गरिसकेको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्