Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुजुकीको पहिलो विद्युतीय एसयूभी ‘ई–भिटारा’ को वितरण सुरु, मूल्य कति ?

सुजुकीको पहिलो विद्युतीय एसयूभी ‘ई–भिटारा’ को वितरण सुरु, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो पहिलो पूर्ण निर्मित विद्युतीय सवारी साधन सुजुकी ‘ई– भिटारा’ हस्तान्तरण सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो गाडी सुजुकीको नयाँ HEARTECT-e प्लेटफर्ममा आधारित छ। यसका मुख्य प्राविधिक पक्षहरूमा ४९ र ६१ किलोहर्ज ब्याट्री विकल्प र ६१ पध्ज भेरियन्टले एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्ने दाबी गरिएको छ। यस्तै, १०८ देखि १२८ kW सम्मको पावर आउटपुट, यो गाडी –३० डिग्री देखि ६० डिग्रीसम्मको कडा मौसमी अवस्थामा पनि चल्न सक्ने गरी परीक्षण गरिएको कम्पनीले जनाएको छ।

‘ई– भिटारा’ को बाहिरी बनोट साहसी र आधुनिक छ। यसमा १८ इन्चका एयरोडाइनामिक एलोय व्हील र सुजुकीको नयाँ NEXTré ३-पोइन्ट म्याट्रिक्स LED DRL प्रयोग गरिएको छ। सुरक्षालाई प्राथमिकता दिँदै उन्नत चालक सहायता प्रणाली समावेश गरिएको छ। यसका साथै ७ वटा स्ट्यान्डर्ड एयरब्याग, अल–डिस्क ब्रेक, र टायर प्रेसर मनिटरिङ सिस्टम जस्ता सुविधाहरूले यात्रालाई सुरक्षित बनाउने कम्पनीले जनाएको छ।

नेपालमा सबैभन्दा ठूलो सेवा सञ्जाल भएको सुजुकीले ई भिटाराका लागि देशभरका २५ सेल्स आउटलेट र ४० सर्भिस सेन्टरलाई तयारी अवस्थामा राखेको जनाएको छ।कम्पनीले ‘ई– भिटारा’ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो विशेष मूल्य चयात्मक मूल्यु पहिलो १०० बुकिङ र सीमित समयका लागि मात्र लागू हुने सीजी मोटोकर्पले जनाएको छ।

सीजी मोटोकर्पका प्रवक्ताका अनुसार ई–भिटारा सुजुकीको दीर्घकालीन विद्युतीय यात्राको पहिलो खुड्किलो मात्र हो। कम्पनीले सन् २०३० सम्ममा थप ६ वटा नयाँ विद्युतीय गाडीहरू नेपाली बजारमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको ईभी बजारमा सुजुकीको वर्चस्वलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार हाल देशभर रहेका सुजुकीका डिलर सञ्जालमार्फत यो गाडी ग्राहकलाई हस्तान्तरण गर्ने कार्य उत्साहजनक रूपमा भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit