images images images images
images images images images
images
images
images

अव्यवस्थित भण्डारण भेटिएपछि उद्योग बन्द गर्दै जरिवाना

images

चितवन । चितवनको भरतपुर महानगरपालिकाले बजार अनुगमनका क्रममा एक प्याकेजिङ उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गर्दै सञ्चालनमा रोक लगाएको छ । भरतपुर महानगरपालिका–३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगमा अनुगमनका क्रममा विभिन्न अनियमितता भेटिएपछि महानगरले कारबाही गरेको हो ।

महानगरपालिकाका अनुसार पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई–तीन पटकसम्म लेबलिङ गरिएको, सरसफाइमा कमी रहेको तथा खाद्य र अखाद्य वस्तु एउटै स्थानमा राखिएको पाइएपछि जरिवाना गरिएको हो । वडा नं ३ का वडाध्यक्ष विकास थापाका अनुसार उद्योगलाई खाद्य प्रविधिमा दर्ता गर्न तथा खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ । पुनः अनुगमन गर्दा मापदण्डअनुसार सञ्चालनयोग्य देखिएपछि मात्रै उद्योग सञ्चालन गर्न दिनेगरी हाललाई बन्द गरिएको उनले जानकारी दिए ।

images
images

यसैबीच महानगरपालिकाले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रामनगर क्षेत्रमा रहेका होटलहरूको पनि अनुगमन गरेको छ । बुधबार नारायणगढको पुतली बजार क्षेत्रमा रहेका २० भन्दा बढी किराना पसलको अनुगमन गर्दा अधिकांश व्यवसाय नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको थियो ।

वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटका अनुसार केही व्यवसाय २१ वर्षदेखि नवीकरण नगरी सञ्चालनमा रहेको भेटिएको छ । महानगरले सबै व्यवसायीलाई तत्काल व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्